एन्फा अध्यक्षमा कर्माछिरिङ सेर्पालाई हराउँदै नरेन्द्रलाल श्रेष्ठ

25

काठमाडौं, कात्तिक ८-

bijeye

कर्माछिरिङ सेर्पालाई हराउँदै नरेन्द्रलाल श्रेष्ठ नेपाल फुटबल सघं एन्फाको अध्यक्षमा निर्वाचित हुन सफल भएका छन्। उनले सेर्पालाई ५ मतले पराजित गर्दै अध्यक्षमा आफ्नो स्थान सुरक्षित गरेका हुन्। नरेन्द्र श्रेष्ठले ३६ मत प्राप्त गरे भने कर्माले ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै उपाध्यक्ष पदमा मणि कुँवर निर्वाचित भएका छन्।  उनले दुई प्रतिस्पर्धी दीपक खाती र उपेन्द्र मान सिंहलाई हराउँदै निर्वाचित भएका हुन्। सोमबार राजधानीमा भएको निर्वाचनमा दुवै पद फिफाबाट कारबाहीमा परेका निलम्बित अध्यक्ष गणेश थापा पक्षीय उम्मेदवार विजयी भएका हुन्। कुँवरले ३४ मत पाएका हुन् भने निकट्तम प्रतिद्वन्द्वी दीपक खातीले २५ र उपेन्द्रमान सिंहले ८ मत पाएका थिए। निर्वाचनमा देशभरका ए डिभिजन क्लबबाट १२ जना, बी डिभिजनबाट चार जना, सि डिभिजनबाट चार जना, जिल्ला संघबाट ४४ जना, खेलाडी, प्रशिक्षक, महिला र रेफ्रि समितिबाट एक–एक गरी ६७ जना प्रतिनिधि सहभागी थिए। तत्कालीन अध्यक्ष गणेश थापालाई फिफाले भ्रष्टाचार गरेको आरोपमा १० वर्षका लागि निलम्बन गरेपछि रिक्त पदका लागि सोमबार निर्वाचन भएको हो ।

Womui
Womui