भूमिगत मंगोलबासी फोर्सका १३ सैन्यदस्ता हातहतियारसहित पक्राउ

209

काठमाडौं, कात्तिक ८-

मंगोलबासी राष्ट्रिय फोर्स नामक भूमिगत सैन्य दस्ताको प्रमुखसहित १३ जना हतियारसहित पक्राउ परेका छन् । उनीहरुलाई विशेष प्रहरीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फोर्सका राष्ट्रिय अध्यक्ष उपेन्द्र घर्तीमगर लगायतलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल आयल निगम अगाडि पाँच वर्ष अगाडि बम विष्फोट गराउने रामेछापका टेम्बी शेर्पालगायत छन् । निगम कार्यालय अगाडि २०६८ फागुन १५ गते बम विष्फोट हुँदा तीनको मृत्यु भएको थियो ।

mangolian-force
पक्राउ परेकाहरुको साथबाट दुई थान नलकटुवा कटुवा पेस्तोल, दुई थान रिभल्बर, त्यसमा लाग्ने १२ राउण्ड गोली, बारुदलगायतका विष्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ । यस समूहको प्रमुख उपेन्द्र घर्तीमगर रुकुमको जाङ-२ का हुन् । उनी सहितको भूमिगत समूहले रुकुमको जाङखार खोलामा सैन्य तालिमसमेत लिएको बुझिएको छ। सैन्य तालिम दिने कार्यमा माओवादी पूर्वलडाकू विमल बिक संलग्न रहेको प्रहरीले अनुसन्धानबाट खुलेको बताएको छ । उक्त समूहले बैंक तथा वित्तिय संस्थामा लुटपाट गर्ने योजना बनाएको र प्रहरी कार्यालयमा आक्रमण गर्ने असफल प्रयास गरेको विशेष व्युरोका प्रमुख डिआइजी बमबहादुर भण्डारीले जानकारी दिए । लुटपाट र आक्रमण गर्ने योजनाअनुसार रुकुमबाट यो समूह रोल्पा पुगेको थियो । त्यहाँबाट काठमाडौं हुँदै सिन्धुपाल्चोक जाँदै गर्दा गत बुधबार भक्तपुर र सिन्धुपाल्चोकबाट हतियारसहित उनीहरुलाई पक्राउ गरेको डिआइजी भण्डारीले बताए ।

Womui
Womui