अख्तियार प्रमुख विरुद्धको महाभियोगले संविधान संशोधनलाई ओझेलमा पार्ने महतोको चिन्ता

25

काठमाडौं, कात्तिक ८-

Rajendra-Mahatoअख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग बेमाैसमको बाजा भएको संज्ञा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दिएका छन् । यस महाभियोगका कारण आफ्नाे संविधान संशोधनको मुद्दा नै ओझलमा पर्ने महतोको चिन्ता छ । महतोले तीन दलको स्वार्थले यो प्रस्ताव आएको दाबी गर्दै भने ‘लोकमानजीको मुद्दा राष्ट्रिय सवाल होइन । तीन दलको स्वार्थ हो । तीन दलको स्वार्थमा राष्ट्रिय स्वार्थ गौण हुने देखियो ।’ संविधान अनुसार महाअभियोग प्रस्ताव आउनु समान्य भएको बताउँदै उनले थपे, कुनै एक व्यक्ति पदमा बस्ने वा नबस्ने भन्ने ठूलो कुरा होइन ।’

संविधान संशोधन थाति राखेर उपलब्धि गुमाउने काम नहोस् भन्दै महतोले संविधान संशोधन अहिले कहाँ हराएको जस्तो देखिएको बताए । महाअभियोग प्रस्ताव दर्ता भइसकेकाले अब मधेसी मोर्चाले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

Womui
Womui