निलम्बित अख्तियार प्रमुखको महाभियोग टुङ्गोमा पुर्‍याउन संयुक्त विद्यार्थी आन्दोलनले बुझायो ज्ञापनपत्र

45

नेपालगन्ज, कात्तिक ८-

संयुक्त विद्यार्थी आन्दोलनले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग टुङ्गोमा पुर्‍याउन माग गर्दै सभामुख ओनसरी घर्तीलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार ज्ञापनपत्र बुझ्दै सभामुख घर्तीले महाअभियोगको प्रकृयाअघि बढिसकेको र नरोकिने बताएकी छन् । संयुक्त विद्यार्थी आन्दोलनले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालगायतलाई ज्ञापन पत्र बुझाइसकेको छ।

Womui
Womui