अहिलेसम्म कांग्रेसका चार नेता मात्र अख्तियार प्रमुख कार्कीविरुद्धको महाभियोग प्रस्ताव पक्षमा

25

काठमाडौं, कात्तिक ८-

nepali-Congressअख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावबारे केन्द्रीय कार्यसमितिको बैठकमा लगातार छलफल चलिरहँदा अहिलेसम्म नेपाली कांग्रेसका चार नेताले मात्र प्रष्टसँग महाअभियोग प्रस्ताव पास गर्नुपर्ने पक्षमा उभिएका छन् । कांग्रेसका गगन थापा, धनराज गुरुङ,  प्रदीप पौडेल र विश्वप्रकाश शर्माले मात्र महाअभियोगको पक्षमा उभिनुपर्ने मत राखेका हुन् । कांग्रेसको हाल ७४ सदस्यीय केन्द्रीय कार्यसमिति छ । रामचन्द्र पौडेल पक्षधरका नेताहरुले आवेगमा आएर निर्णय गर्न नहुने मत राख्दै आएका छन् भने पार्टी सभापति देउवा पक्षधरले यसलाई सत्ता गठबन्धनसँग जोडेर एमालेको षड्यन्त्र भन्दै आएका छन् । सोमबारको बैठकमा पनि अधिकांश नेताहरुले महाअभियोगको पक्षमा मत नराखेको एक नेताले बताए ।

Womui
Womui