भारतबाट खुलेआम पटाका भित्रिदै

109

धनगढी, कात्तिक ८-
जिल्ला प्रहरी कार्यालय कैलालीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याइदै गरेको पटाकाहरु नियन्त्रणपछि नष्ट गरेको छ । कैलालीसँग सीमानाका जोडिएका हसुलिया, फुलवारी, धनगढी लगायतका स्थानबाट नियन्त्रणमा लिईएको ठूलो परिणामको पटाकालाई जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, सेती अञ्चल प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक विनोद शर्मा घिमिरे लगायको उपस्थितिमा आईतबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

nmc-college-1000x75-pixel

Womui
Womui