बिद्युत चोर धमाधम पक्राउ

105

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक ८–
बिद्युत चोरी गर्ने व्यक्तिलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज र बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको संयुक्त टोलीले सोमबार बिहानपख जिल्लाको विभिन्न तीन स्थानबाट १४ जनालाई पक्राउ गरेको हो । तार हुक गरेर बिद्युत चोरी प्रयोग गरेको आरोपमा बेतहनी, बनकट्टी र कम्दीबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

75x600dd-restyrabt

पक्राउ पर्नेमा बेतहनी–२ का उस्मान अलि पिया, वडा नम्वर ९ का सहजराम गोडिया, सोही ठाउँका मलही यादव, ज्ञानलाल बडही, सैजात खाँ, हरिराम, गुरुदयाल, बनकट्टी–१ का इद्रिस खाँ, लहरी पासी, दीपक लोनिया, सकिल खाँ कम्दी–६ का राजेश्याम राढ, स्माइल बागवान र शेर अलि बागवान रहेको बिद्युत प्राधिकरणले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागी वडा प्रहरी कार्यालय नेपालगन्जको हिरासतमा राखिएको छ । दुई दिन अघि मात्र प्रहरीले पुरैना क्षेत्रबाट बिद्युत चोरी गरेको आरोपमा स्थानीयलाई पक्राउ गरेको थियो । बाँकेका विभिन्न ग्रामिण क्षेत्रमा बिद्युत चोरी हुने क्रम बढ्दो छ ।

Womui
Womui