लोकमानलाई महाअभियोग लगाउन बिद्यार्थीको दवाव

33

nmc-college-1000x75-pixel

नेपालगन्ज, कात्तिक ७-
निलम्वित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन बाँकेमा दवाव दिइएको छ । बाँकेका विभिन्न ८ वटा बिद्यार्थी संगठनले आइतबार सडक प्रर्दशन गरेर दवाव दिएका हुन् । बिद्यार्थीले लोकमानसिंह विरुद्ध चर्का नाराबाजी सहित स्थानीय गणेशमान चोकबाट प्रर्दशन सुरु गरेका थिए । प्रर्दशनमा नेपाल बिद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी लगायत संगठनमा आवद्ध बिद्यार्थी सहभागी भए ।

लोकमानसिंह कार्की विरुद्ध सडक प्रर्दशन गरेका बाँकेका बिद्यार्थी । तस्बिर : सामाजिक सञ्जाल
लोकमानसिंह कार्की विरुद्ध सडक प्रर्दशन गरेका बाँकेका बिद्यार्थी । तस्बिर : सामाजिक सञ्जाल

बिद्यार्थीले गरेको बिरोध प्रर्दशन सुर्खेतरोड हुदै विपी चोक सम्म आएर कोण सभामा परिणत भएको थियो । सो क्रममा बिद्यार्थीले निलम्वित प्रमुख आयुक्त कार्कीविरुद्ध सडकमै टायर बालेर बिरोध गरेका थिए । उनीहरुले कार्कीविरुद्धको महाअभियोग प्रस्ताव सफल बनाउन आ–आफ्नो दलका नेतालाई आग्रह गरे । प्रदर्शनमा उत्रिएका विद्यार्थीले कार्कीविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । प्रदर्शनपछि विद्यार्थीले विपी चोकमा कार्कीको पुत्ला दहन समेत गरे । कोण सभालाई सम्बोधन गर्दै बिद्यार्थी नेताले महाअभियोग प्रस्ताव कुनैपनि हालतमा असफल हुन नदिन राजनीतिक दलका नेताहरुलाई आग्रह गरे ।

उता कार्की विरुद्ध बुधबार दर्ता भएको महाअभियोग प्रस्तावमाथि आइतबार संसदमा पेश भएको छ । व्यवस्थापिका संसदको आज ११ बजे बस्ने बैठकमा संसदमा दर्ता भएको कार्की विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको हो । सभामुखले घर्तीले महाभियोग प्रस्तावमाथिको सैद्धान्तिक छलफलका लागि मंगलबारदेखि समय छुट्याइकी छन् । आइतबार बस्ने संसद बैठकमा सभामुख ओनसरी घर्तीले कार्की विरुद्धको महाअभियोग प्रस्तावमाथि छलफल गर्न समय निर्धारण गर्ने कार्यसूचि थियो । संसदमा कार्की विरुद्ध गत बुधबार महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

75x600dd-restyrabt

बिहीबार नै सो प्रस्तावमाथि संसदमा छलफल हुने कार्यसूचि भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनकालागि संसद बैठक स्थगित गर्न आग्रह गरेपछि सभामुख घर्तीले आइतबारसम्मका लागि संसद बैठक स्थगित गरेकी थिइन् । महाअभियोग प्रस्तावमाथि सैद्धान्तिक छलफल भएपछि महाअभियोग सिफारिस समितिको छलफलकालागि पठाइने प्रावधान छ । महाअभियोग समिति बुधबारमात्र गठन भएको थियो । ११ सदस्यीय समितिले महाअभियोग प्रस्तावमा आरोप लगाएका विषयमा एक महिनाभित्र अनुसन्धान गरी संसदमा प्रतिवेदन पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

महाअभियोग समितिले अख्तियार प्रमुख कार्कीलाई समितिमा बोलाएर बयान लिने छ । अख्तियार प्रमुख कार्की विरुद्ध गत बुधबार प्रमुख प्रतिपक्ष एमाले र सत्तारुढ माओवादी केन्द्रका १५७ सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्तावका विषयमा संसदको सबै भन्दा ठूलो दल नेपाली कांग्रेसले हालसम्म कुनै निर्णय गरेको छैन, भने सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रले सबै दलसँगको सहमतिका आधारमा निर्णय लिने जिम्मा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको छ ।

Womui
Womui