राम्रो उपचार नपाउँदा द्धन्द्ध पीडित थलिदै

161

नेपालगन्ज, कात्तिक २-
पेटको आधाभन्दा बढी भाग बढेर बाहिर निस्केको छ । राम्रोसँग हिड्न, सुत्न र बस्न सक्दैनन् । बाँके, खासकुश्मा–२ कुसुम बैरिया निवासी ७० बर्षिय कलसिंह ओली विगत १३ वर्षदेखि यही पीडा सहेर बस्न बाध्य छन् । ‘न मरेर जान सकिने भयो, न त सुख सँग बस्न सकिने भयो, पीडा सहेर बसेको छु,’ उनले भने ।

द्वन्द्वका क्रममा दोहोरो भिडन्तमा गोली लागेको ठाउँमा बढेको पेट देखाउँदै कलसिंह ओली ।
द्वन्द्वका क्रममा दोहोरो भिडन्तमा गोली लागेको ठाउँमा बढेको पेट देखाउँदै कलसिंह ओली ।

तत्कालिन सशस्त्र बिद्रोही माओबादी र सुरक्षाकर्मीबीच २०६० असोज २३ गते कोजाग्रत पुर्णिमाका दिन भएको दोहोरो भिडन्तका बेला घरमै सुतिरहेको अवस्थामा कलसिंहको पेटमा गोली लागेको थियो । त्यो दिनको सम्झनाले उनी हरेक वर्ष कोजाग्रत पुर्णिमाका दिन झस्किन्छन् । ‘साँझको खाना खाएर कोठामा सुतिरहेका थियौं, दुई पक्षबीच दोहोरो भिडन्त सुरु भयो, सशस्त्रको बेस क्याम्पतिरबाट गोली मेरो पेटमा लाग्यो,’ विगतलाई सम्झिदै उनले भने ‘हरेक वर्ष दसैको पुर्णिमाका दिन त्यो घटनाले तर्साउँछ ।’ घटनाको भोलीपल्ट बिहान सुरक्षाकर्मीकै सहयोगमा उपचारका लागि कलसिंहलाई अस्पताल पु¥याइयो ।

75x600dd-restyrabt

डाक्टरले तत्कालका लागि पेटभित्रको गोली निकालेर डिस्चार्ज गरिदिए । जब उनी घरमा फर्केर आए, पेटको आकार बिस्तारै बढ्दै गयो । घटनाको १३ वर्ष पुग्दा सम्म उनको पेटको भाग आधा बाहिर निस्किसकेको छ । आफुले राम्रो उपचार नपाएकै कारण बर्षौदेखि पीडा सहेर बस्नु परेको कलसिंहको गुनासो छ । आफ्नो पेटमा देखा परेको समस्याका बारेमा पटक–पटक नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुगेर डाक्टरलाई अवगत गराए । डाक्टरले यहाँ उपचार सम्भव नभएको तर राम्रो अस्पतालमा जचाएमा निको हुने सुझाव दिएपछि उनी अलमलमा परिरहेका छन् । ‘राम्रो अस्पतालमा जचाएपछि निको हुन्छ रे, राम्रो अस्पतालमा जाने मेरो आर्थिक अवस्थाले पुग्दैन, सरकार मेरो कुरा सुन्दैन,’ कलसिंहले दुखेसो पोख्दै भने ।

nmc-college-1000x75-pixel

द्वन्द्व पीडितका नाममा सरकारले राहत स्वरुप अर्बौ रुपैयाँ वितरण गरिसकेको छ । तर, असली द्वन्द्व पीडित कलसिंहले राहतका नाममा अहिले सम्म एक रुपैयाँ पनि नपाएको गुनासो पोखे । ‘द्वन्द्वको पीडा कस्तो हुदो रहेछ, त्यसको अनुभव मैले गरेको छु, तर हामी जस्ता सामान्य मान्छेले त राहत नपाउने, राम्रो उपचार पनि नपाउने रैछौ ।’ द्वन्द्वको पीडाले छट्पटाई रहेका कलसिंह यतिबेला भाई बुहारीको सहारामा बसेका छन् । बुढेसकालमा सुखसँग बस्न नपाउँदा दुःखी छन् । ‘पहिला त राम्रोसँग काम गर्न सक्थ्ये, ज्यान पनि बलियो थियो, गोली लागेपछि त काम गर्न सकेन, जीन्दगीभर रोगी भएर बाँच्नु पर्ने भयो,’ उनले भने । राम्रो उपचार पाएमा बृद्ध कलसिंहको पेटमा बल्झिएको पीडा निको हुन सक्ने स्थानीय बासिन्दा बताउँछन् ।

Womui
Womui