मिनी ट्रकको ठक्करबाट हजुरआमा र नातिनीको मृत्यु

41

नेपालगन्ज, कात्तिक २-
मिनी ट्रकले ठक्कर दिदाँ कोहलपुरमा हजुरआमा र नातिनीको मृत्यु भएको छ । कोहलपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ को मिनी ट्रकले पूर्वपश्चिम राजमार्गको कोहलपुर–३ स्थित मदनचोकमा मंगलबार बिहान ठक्कर दिएको थियो । ठक्करबाट स्थानीय ५८ बर्षिया सीतादेवी पोखरेल र उनकी दुई बर्षीया नातिनी प्रशंसा पन्तको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

75x600dd-restyrabt

प्रहरीका अनुसार बिहान साढे १० बजेतिर बीच सडकमा ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो । हजुरआमाको घटनास्थलमा र नातिनीको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको ईप्रका कोहलपुरका डिएसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए । तीव्र गतिमा रहेको मिनी ट्रक छेउमै आएको बेला एक्कासी बालिकाले सडक पार गर्न खोज्दा र हजुरआमा बच्चा बचाउन जाँदा दुबै किचिएको प्रहरीले जनाएको छ ।

nmc-college-1000x75-pixel

‘बच्चा मात्र सडक पार गरेको भएपनि ट्रक दाँया मोडेर बचाउन सक्थ्यो, हजुरआमा पनि आत्तिएर बच्चा भएतिर दौडिएपछि चालक आत्तिएर दुबै किचिए,’ काफ्लेले भने । कोहलपुर प्रहरीले ट्रक चालक महेन्द्रनगरका रामबहादुर रानालाई नियन्त्रणमा लिएको जनाएको छ ।

Womui
Womui