निलम्वित लोकमानलाई जोगाउन भारतीय राजदूतको चलखेल

76

काठमाडौं, कात्तिक ५-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई बचाउन नेपालका लागि भारतीय राजदूत रन्जित रे कूटनीतिक मर्यादाविपरीत प्रधानमन्त्री र प्रमुख दलका नेताको घर–घर चहार्न थालेका छन् । राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन नागरिक समेत लोकमानको बचाउ अभियानमा सक्रिय भएको स्रोतले दाबी गरेको छ । व्यवस्थापिका संसद्मा बुधबार महाअभियोग दर्ता भएपछि मात्रै रेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बालुवाटारस्थित सरकारी निवासमा दुईपटक भेटिसकेका छन् ।

ranjit-ray-indian-rajdut

दुवै भेटमा रे र दाहालबीच ४५ मिनेट लामो वार्तालाप भएको थियो । यस्तै, दर्ता प्रस्तावमा हस्ताक्ष्।र नगरेको नेपाली कांगे्रसका सभापति शेरबहादुर देउवालाई रेले बिहीबार भेट गरेका छन् । विश्वस्त स्रोतका अनुसार दुवै भेटको एजेन्डा लोकमानको बचाउ वा नसके सुरक्षित अवतरण रहेको छ । दुवै भेटमा राजदूत रेसँगै कांग्रेस सांसद अमरेशकुमार सिंह र परिचय नखुलेका अन्य तीन व्यक्ति रहेको स्रोतले जनाएको छ ।

बुधबार रातिको भेटपछि बिहीबार अपराह्न रे र सिंहसहित अन्य तीन व्यक्तिको समूहले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेको थियो। स्रोतका अनुसार रे बालुवाटार पुगेको केही समयपछि सिंह तीनजना व्यक्तिसहित बालुवाटार पुगेका थिए । स्रोतका अनुसार संसद् बैठकपछि निवास फर्किएका दाहाललाई राजदूत रे र अमरेशकुमारले बुधबार साँझ ६ः४५ मा भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहाल, रे र सिंह मात्र रहेको उक्त बैठकमा लोकमान प्रकरणका विषयमा कुरा भएको छ । भारतीय संस्थापन पक्षले लोकमानको बचाउभन्दा समयानुकूल निर्णय र अवस्थालाई अवसरका रूपमा उपयोग गर्ने रणनीति तय गरे पनि राजदूत रे भने उनलाई यथावत राख्न नसके सुरक्षित अवतरणको लबिङमा लागेको स्रोतले जानकारी दियो । आजको नागरिकमा खबर छ ।

Womui
Womui