लोकमानसिंह कार्कीको घरमा म्याद तामेल

169

काठमाडौं, कात्तिक २-
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको घरमा म्याद तामेल भएको छ । म्याद तामेल गरेर सर्बोच्च अदालतका तमेलदारले प्रशासनलाई प्रतिवेदन बुझाइसकेका छन् । वडा सचिवलाई रहोबरमा राखेर तामेल गरेको तामेलदारले प्रतिबेदन दिएका सर्बोच्च अदालत श्रोतले जनाएको छ ।

Lok Man Sin Karki

सर्बोच्चका प्रवक्ता नहकुल सुवेदीले म्याद तामेल भएको जनाकारी सर्बोच्चलाई प्राप्त भएको बताए । सोमबार अबरोध भएपनि तामेलदारले चलाखीपूर्ण ढंगले नजिकको वडा कार्यालयमा म्याद तामेल गरेका हुन् । नियमानुसार म्याद तामेली भएको मिति कात्तिक १ गतेदेखि गणना हुनेगरी १५ दिन भित्रमा कार्कीले लिखित जवाफ दिनुपर्नेछ । असोज ५ गते सर्बोच्चबाट जारी भएको सूचना टाँस गर्न सर्बोच्चको टोलीलाइ झण्डै १ महिना लाग्यो ।

nmc-college-1000x75-pixel

मुलुकी ऐन र सर्बोच्च अदालत नियमावली अनुसार प्रतिवादीको डेरा, घर वा नजिकैको सार्वजनिक स्थलमा तामेली गर्न सकिने व्यवस्था छ । तामेलदारले त्यही व्यवस्था टेकेर वडा कार्याल्यमा सोमबार बेलुका मुचुल्का उठाएका थिए । सर्बोच्चका सुब्बा र तामेलदारको टोली वडा कार्यालयमा पुगेर मुचुल्का तयार पारेको हो । तामेलदारले प्रतिबेदन दिएपछि लोकमानको मुद्दा पेसीमा चढ्न अब अवरोध हुने छैन ।

75x600dd-restyrabt

Womui
Womui