दसैमा पनि बलेन बत्ती

140

कुसुम(बाँके),कात्तिक १-
सरकारी प्रक्रिया र ठेकेदारको ढिला सुस्तीका कारण जिल्लाको खासकुश्मा गाविसमा निर्माणाधीन ग्रामिण सामुदायिक विद्युतीकरणको काम लामो समयदेखि अलपत्र परेको छ । ठेकेदारले सम्झौताको म्याद दुई पटक गुजारी सक्दापनि काम अधुरै रहेको छ । आर्थिक वर्ष २०७१/७२ भित्र उक्त गाविसमा विद्युतीकरणको काम सम्पन्न गर्न जनमुखी कन्ट्रक्सन कम्पनीले विद्युत प्राधिकरण सामुदायिक विद्युतीकरण विभागसँग सम्झौता गरेको थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि उक्त ठेकेदारले आर्थिक वर्ष २०७२/७३ र चालु वर्ष २०७३/७४ मा गरेर दुई पटक म्याद थपिसकेको छ ।

bidhut-pool

चालु वर्षको तीन महिना बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको विद्युतीकरणको काम सुरु नभएपछि स्थानीय बासिन्दा चिन्तित भएका छन् । दोस्रो पटक म्याद थपिसकेपछि ठेकेदारले दिएको आश्वासन अनुसार दसैमा बत्ती बाल्ने उनीहरूको सपना अधुरो भएको छ । ‘बत्ती बाल्ने सपना देख्दा देख्दै दुई वर्ष बितिसक्यो, यो दसैमा त जसरी भएपनि बत्ती बाल्न पाउँछम भनेर आसामा बसेका थियौं, तर अधुरो भयो,’ खासकुश्मा–२ का चुर्णबहादुर कुमालले भने । विभिन्न बहानामा ठेकेदारले अहिले काम रोकेको छ । एकातिर सरकारी प्रक्रिया लम्बिनु अर्कोतिर ठेकेदारले कामको गति नबढाउनु विद्युतीकरण ढिलाइ हुनुको मुख्य कारण भएको स्थानीयको बुझाई छ ।

75x600dd-restyrabt

समयमा बिद्युत सुचारु नहुँदा सिचाई, खानेपानी लगायत सुविधाबाट बन्चित हुनु परेको उनीहरूको गुनासो छ । सदरमुकाम नेपालगन्जबाट दुरिका हिसाबले सबैभन्दा टाढा रहेको खासकुश्माको विद्युतीकरणको विषयमा जिल्लाका सरोकारवाला निकायले समेत बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् ।

nmc-college-1000x75-pixel

स्रोत : नागरिकन्यूज डटकम

Womui
Womui