लोकमानको घरमा म्याद टाँस्न अबरोध

36

काठमाडौं, कात्तिक १-
अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको निवासमा म्याद टाँस्न गएको सर्वोच्चको टोलीमाथि अबरोध भएको छ । म्याद टाँस्न सर्वोच्चका दुई कर्मचारी कार्कीको निवास बानेश्वर हाइट पुगेका थिए । तर आफूलाई सामसुङ कम्पनीका कर्मचारी स्थानीय बनाउने केही युवाको समूहले कार्कीको निवास आफूहरुले भाडामा लिएको भन्दै म्याद टाँस्न नदिने भन्दै अबरोध गरेका हुन् ।

Lok Man Sin Karki

सर्वोच्चका कर्मचारीले आफू लोकमान सिंहको घरमा म्याद टाँस्न जाने भन्दै दश नम्बर वडा सचिव सरिता राईलाई पनि जानकारी गराएको थियो। तर, अन्तिम अवस्थामा वडा सचिव पनि म्याद अनुपस्थित भइन् । म्याद टाँसेको मुचुल्का उठाउन वडा सचिव चाहिन्छ, तर वडा सचिव उपस्थित भइनन् ।

nmc-college-1000x75-pixel

अख्तियार प्रमुखमा कार्कीको नियुक्ती सम्बन्धी मुद्दा सुनुवाइका लागि अदालतमा उपस्थित हुन अटेर गरेपछि सर्वोच्चले कार्कीको घरमा म्याद टाँस्न तामेलदार खटाएको थियो । तर यसअघिको म्याद टाँस्ने प्रयासपनि असफल भएको थियो । तालेमदारले १५ दिनभित्र तामेल गरिसक्नुपर्छ । तामेल हुन नसके आधार र कारणसहित टिप्पणी उठाएर सर्वोच्च प्रशासनमा दिनुपर्छ ।

75x600dd-restyrabt

Womui
Womui