त्रिपक्षीय साझेदारीमा भारत र चीन सकारात्मक : प्रधानमन्त्री दाहाल

49

काठमाडौं, कात्तिक १-
प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी. जिङपिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग त्रिपक्षीय साझेदारीको विषयमा कुरा गरेको बताएका छन् । भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भाग लिएर फर्कने क्रममा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सोमबार बेलुका उनले प्रधानमन्त्री मोदी र राष्ट्रपति सीले आफ्नो कुरालाई महत्व दिएको उल्लेख गरे ।

pm-dahal

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग वान टु वान बार्ता गर्न खोजेको भन्दै त्यो अवसरलाई ‘ढुंगा खोज्दा देवता’ मिले जस्तो भएको बताए । ‘म वेटिङमा बसिरहेको थिएँ त्यहाँ चिनियाँ राष्ट्रपति सी आउनु भयो, हामीले कुरा गर्दै गर्दै भारतका प्रधानमन्त्री मोदी जी पनि त्यहाँ आउनु भयो,’ दाहालले भने, ‘प्रविधिक कारणले हामी तीन जना एउटै कोठामा भेट भयौं, उहाँहरुसँग मैले नेपालकफ शीरउच्च हुने गरी कुरा गरें ।’

nmc-college-1000x75-pixel

प्रधानमन्त्री दाहालले यो त्रिपक्षिय बार्ता नभएपनि त्रिपक्षीय साझेदारीको विषयमा कुरा भएको बताए । ‘म वेटिङमा बसिरहेको थिएँ त्यहाँ चिनियाँ राष्ट्रपति सी आउनु भयो, हामीले कुरा गर्दै गर्दै भारतका प्रधानमन्त्री मोदी जी पनि त्यहाँ आउनु भयो,’ दाहालले भने, ‘प्रविधिक कारणले हामी तीन जना एउटै कोठामा भेट भयौं, उहाँहरुसँग मैले नेपालकफ शीरउच्च हुने गरी कुरा गरें ।’ तीन नेताको भेट नेपालको भौगोलिक स्थिति जस्तै गरी भएको प्रधानमन्त्री दाहालको भनाई छ ।

75x600dd-restyrabt

Womui
Womui