तुलसीपुर कारागारका कैदीबीच झडप

45

दाङ(तुलसीपुर), कात्तिक १-
तुलसीपुर कारागारका कैदीहरुबीच झडप भएको छ । मोबाइलको मेमोरी कार्डको विषयमा बिबाद हुदाँ उनीहरुबीच झडप भएको तुलसीपुर कारागारका सूचना अधिकारी रेस्मि अधिकारीले जानाकारी दिए । दशैंमा रमाईलो गर्ने र गीत सुन्न विषयमा मेमोरी आ–आफ्नो भएको दाबीले कैदीहरुका विचमा विवाद भएको बताइएको छ । झडपले उग्ररुप लिएपछि केही कैदीहरुलाई देशका विभिन्न भागमा स्थान्तरण समेत गरिएको छ । कारागार व्यबस्थापन विभागको सिफारिसमा शनिबार जिल्ला बाहिर पाँच स्थानमा उनीहरुलाई सारिएको कारागारले जनाएको छ ।

nmc-college-1000x75-pixel

Womui
Womui