काठमाडौं, कात्तिक १-
पुष्पकमल दाहाल नेतृत्वको सरकार तिहार अघि नै फेरि बिस्तार गर्ने तयारी गरिएको छ । चार राज्यमन्त्रीसहित ३४ सदस्यीय मन्त्रिपरिषदमा अब कम्तिमा चार मन्त्री र १० राज्यमन्त्री थप्ने तयारी भइरहेको स्रोतले जानकारी दियो । प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोवाबाट फर्किए लगत्तै मन्त्रिपरिषद बिस्तारका लागि सत्तारुढ दलबीच छलफल हुने नेताहरुले बताएका छन् ।
अहिलेको तयारी अनुसार प्रचण्ड मन्त्रिपरिषद ४४ सदस्यीय हुनेछ । यसअघिको केपी ओली नेतृत्वको सरकार ४१ सदस्यीय थियो । तिहार अघि नै मन्त्रिपरिषदले पूर्णता पाउने कांग्रेस सभापति शेरवहादुर देउवा निकट केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्