सिकलसेल रोगबाट थारु समुदाय थलिदै

34

नेपालगन्ज, कात्तिक १-
बर्दिया, पाताभारका सिकलसेल एनिमियाका बिरामी कालुराम थारुलाई परिवारले भदौ २६ गते नेपालगन्जस्थित भेरी अञ्चल अस्पताल पुर्याए । दिउँसो २ बजे अस्पताल पुगेका उनलाई सात घन्टापछि सन्चो नहुने भन्दै काठमाडौं रिफर गरियो । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेको भोलिपल्टै उनको मृत्यु भयो । दुई वर्षअघि नै सिकलसेल पुष्टि भएका थारुले अस्पतालमा समेत उपचार नपाएपछि मृत्यु भएको परिवारको भनाइ छ । ‘त्यो दिन सिकलसेलको उपचार गर्ने डाक्टरको ड्यूटी थिएन, अरु डाक्टरले सामान्य रोग हो भन्दै हेलचेत्र््कयाइँ गरे,’ कालुरामका साला इन्द्रराज चौधरीले भने, ‘यही ढिलाइले गर्दा अनाहकमा ज्यान गयो ।’

sikal-sel-birami

पश्चिम तराईका थारु समुदायमा देखिने सिकलसेल एनिमियाले बर्सेनि यसरी नै कालुराम जस्ताको ज्यान लिइरहेको छ । एक वर्षअघि सरकारले उपचारमा एक लाख रुपैयाँसम्म सहयोग गर्ने निर्णय गरेपनि त्यसको प्रभावकारी कार्यान्वयन भएको छैन । उपचार पहुँचमा नपुग्दै बिरामी मृत्युको मुखमा पुग्छन् । रोग पहिचान भई उपचार गराइरहेकालाई पनि ऋणको भारीले उठ्नै नसक्ने गरी थिचेको छ । इन्द्रराजका अनुसार कालुरामको उपचारमा साढे दुई लाख रुपैयाँ खर्च भयो, ऋण पनि त्यतिकै छ । सुर्खेत, कोलडाँडाका कालुराम चौधरी परिवारबाट छुट्टिएपछि उनको भागमा डेढ कठ्ठा जग्गा पर्यो । स्थानीय एक सहकारी संस्थामा काम गर्ने उनको सपना थियो– ऋण निकालेर राम्रो चिटिक्कको घर बनाउने। तर, उनको त्यो सपनामा सिकलसेल बाधक बनिदियो ।

२०५८ सालदेखि छाति, पेट र हातखुट्टा दुख्ने समस्याबाट पीडित उनलाई त्यसको दशकपछि बीर अस्पतालमा सिकलसेल भएको पुष्टि भयो । उपचारका लागि पटक–पटक काठमाडौं, लखनऊ र नेपालगन्ज धाएका उनले साढे तीन लाख रुपैयाँमा एक कठ्ठा जग्गा बेचे । त्यतिले नपुगेर सहकारीबाट अढाई लाख रुपैयाँ ऋण लगे । ‘अझै पनि कति खर्च हुने हो थाहा छैन, सरकारले दिने एक लाखले त के पुग्थ्यो र ?’ भेरी अञ्चल अस्पतालमा भर्ना ३० वर्षीय कालुरामले भने, ‘जीवनमा के–के न गरौंला भन्ने थियो, औषधि गर्दागर्दै जिन्दगी जाने भयो ।’ आजको नागरिकमा खबर छ ।

Womui
Womui