चिनियाँ राष्ट्रपति सीले २०७३ भित्रै नेपाल भ्रमण गर्ने

29

गोवा, असोज ३०-
चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालको भ्रमण यसै वर्ष उपयुक्त समयमा गर्ने वचन दिएका छन् । ब्रिक्स सम्मेलनमा भाग लिने क्रममा गोवा आएका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल र चीनका राष्ट्रपति सीबीच भएको द्विपक्षीय भेटवार्तामा प्रधानमन्त्री दाहालले नेपाल भ्रमणका लागि उनलाई पुनः निम्तो दिएका थिए । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतका अनुसार प्रधानमन्त्री दाहालको आग्रहपछि राष्ट्रपति सीले भने ‘म यसै वर्ष उपयुक्त समयमा नेपालको भ्रमण गर्छु ।’

lrlgofF /fi6«klt ;L lhg lkª / k|wfgdGqL k'iksdn bfxfn ef/tsf] uf]jf l:yt tfh xf]6ndf e]6jftf{ ug'{x'Fb} . tl:a/M s[i0f clwsf/L, /f;;
भ्रमणको मिति भने दुवै देशले कूटनीतिक माध्यमबाट तय गर्ने भएका छन् । भेटका बेला दुई नेताबीच पर्यटन प्रवद्र्धन, पूर्वाधार निर्माण, यातायात सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहनका विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले विगतमा चीन सरकारसँग भएका सम्झौताहरुको कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको परराष्ट्रमन्त्री डा. महतले जानकारी दिए ।
Womui
Womui