प्रजातन्त्र सेनानी हिरासिंह रहेनन्

75

नेपालगन्ज, असोज २१-
प्रजातन्त्र प्राप्तीको आन्दोलनमा सक्रिय भुमिका निभाएका प्रजातन्त्र सेनानी हिरासिंह सिखको १०४ वर्षको उमेरमा निधन भएको छ । बाँकेको बेलभार–८ स्थित आफ्नै निवासमा उनको निधन भएको हो । उनको शुक्रवार विहान ६ वजे निधन भएको थियो । स्वर्गिय हिरासिंहको पार्थिव शरिरमा नेपाली काँग्रेस बाँकेका सभापति किरण कोईरालाले शुक्रबार पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरिन् ।

hira-sin-sikh

सो क्रममा पार्टीका जिल्ला कोषाध्यक्ष निजामुद्धिन सिद्धिकी, जिल्ला सदस्य सुधाम्सु कोईराला, क्षेत्रीय कार्यसमिति पदाधिकारी, पार्टीका नेता, कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो । स्वर्गिय हिरासिंह जहानिया राणा शासन तथा पञ्जायत व्यवस्था विरुद्ध २०१९ देखि २०३५ साल सम्म जेल जीवन विताएका थिए । नेपाली काँग्रेसका सक्रिय कार्यकर्ता हिरासिंहको निधनले सिंगो पार्टीलाई गहिरो चोट परेको जिल्ला सभापति कोईरालाले बताईन् । स्वर्गिय हिरासिंहको धार्मिक विधीपुर्वक शुक्रबार नै अन्त्यष्टी गरिएको वारिवारीक श्रोतले जनाएको छ ।kiran-koirala

sudhamsu-koirala

Womui
Womui