भाडा बढी असुल्ने पाँच रिक्सा चालक पक्राउ

38

नेपालगन्ज, असोज २१-
दसै मनाउन भारतबाट घर फर्किदै गरेका नेपाली मजदुरलाई ठगेको आरोपमा ५ जना रिक्सा चालकलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगन्जले शुक्रबार रिक्सालाई पक्राउ गरेको हो । रुपैडिहाबाट नेपालगन्ज सम्मका लागि प्रतिव्यक्ति अधिकतम ५० रुपैयाँ लिनुपर्नेमा दोब्बर/तेब्बर बढी भाडा लिएको पाइएपछि नियन्त्रणमा लिएको वडा प्रहरी इन्चार्ज प्रहरी निरिक्षक रामबहादुर चन्दले बताए । यात्रुसँग भाडा सम्वन्धी विवाद भएको खबर नगरका विभिन्न प्रहरी बिटबाट आएपछि प्रहरीले बढी भाडा असुल्ने रिक्सा चालकलाई पक्रेको थियो ।

यात्रुसँग बढी भाडा असुलेका जैसपुर–६०४ नम्बरका रिक्सा चालक नेपालगन्ज–५ बस्ने २० वर्षिय सद्दाम पठान, जयसपुर–७२५ नम्वरका चालक बर्दिया, ढोडरी–५ बस्ने ४१ वर्षिय बालकृष्ण थारु, भवानीपुर–७३ नम्वरका चालक बहराईच, रुपैडिहा भारतका २४ मोहम्मद आजाद, जयसपुर–६१३ नम्वरका चालक जयसपुर–८ बस्ने २६ बर्षिय हेमराज सोनी र बेलभार–२५ नम्वरका चालक बहराईच, रुपैडिया बस्ने ३० नौसाद राईलीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका रिक्सा चालकलाई अबदेखि यस्ता गल्ती नदोहो¥याउने सर्तमा चेतावनी स्वरुप छाडिएको चन्दले बताए ।

Womui
Womui