‘निर्धारित समयमै निर्वाचन गराउने सरकारको प्राथमिकता’

43

काठमाडौं, असोज २०-

Bimalendra-Nidhiनिर्धारित समयमै तीन तहको निर्वाचन गराउन सरकारको सर्वोपरी प्राथमिकता रहेको उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन् । १ औं प्रहरी दिवसको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोगित कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री निधिले २०७४ माघ ७ गते भित्र स्थानीय, प्रादेशिक र संघीय गरी तीनै तहको निर्वाचन गराउनु नै सरकारको सर्वोपरी प्राथमिकता रहेको बताएका हुन्।

उनले वर्तमान सरकार तथा समग्र जनताको राष्ट्रिय दायित्व नै संविधान कार्यान्वयन रहेको बताए। संविधानमा भएका केही विषय प्रति राजनीतिक दलहरुको विमतिका सम्बन्धमा भने उनले संविधान संसोधन गर्दै असहमतिलाई सहमतिको वातावरणमा रुपान्तरण गरी निर्वाचन गराउने तर्फ राष्ट्रका सबै पक्षले आ आफ्नो स्थानबाट योगदान दिनुपर्ने उल्लेख गरे।

Womui
Womui