नेपाल–भारत सम्बन्ध सुध्रिएको राजदुत रायको दाबी

79

काठमाडौं, असोज १९-
नेपालका लागि भारतीय राजदूत रञ्जित रायले नेपाल र भारत दुबैको तर्फबाट भएका उच्चस्तरीय द्विपक्षीय भ्रमणले दुई देशको सम्बन्ध सुध्रिएको बताएका छन् । राजधानीमा बुधबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै राजदूत रायले पछिल्लो समय द्विपक्षीय उच्चस्तरीय भ्रमणले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम थपेको दावी गरे ।

ranjit-ray-indian-rajdut

‘यतिबेला उच्चस्तरीय राजनीतिक समझदारी बनेको छ, हाम्रा भ्रमणहरु केवल शिष्टाचारको लागि मात्रै होईनन, यि भ्रमणले ठूलो उपलब्धि दिएका छन् ।’ रायको तर्क थियो– ‘हाम्रो (भारतीय) विदेशमन्त्री शुष्मा स्वराजले ५ पटक नेपाल भ्रमण गर्नु भएको छ, नेपालका विदेशमन्त्रीले पनि ६ पटक भारत भ्रमण गर्नुभयो, सायद यस्तो प्रकारको उच्चस्तीय भ्रमण विश्वमै कहीपनि भएको छैन ।’

75x600dd-restyrabt

राजदूत रायले तिहारको भाईटिका लगत्तै भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण हुने भन्दै त्यो भ्रमणले सम्बन्धमा थप आयाम दिने बताए । हाल भारतको नयाँ दिल्लीमा नेपाल–भारत प्रवुद्ध समूहको बैठक बसिरहेको उल्लेख गर्दै रायले अबका दिनमा दुबै देशमा शान्ति, स्थायित्व र विकासमा टेवा पुग्नेगरि अघि बढ्नुपर्ने बताए ।

Womui
Womui