लोकमान कार्की घरमा नभएपछि सर्वोच्चको टोली म्याद नटाँसी फर्कियो

34

काठमाडौं, असोज १९-

Lok Man Sin Karkiअख्तियार प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद टाँस्न गएका सर्बोच्च अदालतका कर्मचारी म्याद पत्र नटाँसी फर्किएका छन् । कार्कीलाई सूचित गर्न बुधबार सर्बोच्चका कर्मचारी कार्कीको बानेश्वरस्थित घरमा म्याद टाँस्न गएका थिए । तामिल्दार शम्भु खड्का नेतृत्वको टोली उत्प्रेषणयुक्त परमादेशको सूचना टाँस गर्न भन्दै बानेश्वरको रोहिणीमार्गस्थित कार्की निवासमा गएको थियो । तर उनको घरबाट बाहिर निस्किएका एक युवकले घरधनी यहाँ नभएको र  आफूहरु भाडामा बस्ने जानकरी दिएपछि सर्वोच्चको टोली घरधनी नबसेको घरमा सूचना टाँस्न नमिल्ने भन्दै फर्किएको हो । कार्कीको नियुक्तिको निर्णय पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि कार्कीले म्याद बुझ्न अस्वीकार गर्दै आएका थिए । अख्तियार प्रमुख कार्की टंगालस्थित अख्तियार क्वाटरमै कडा सुरक्षा घेरामा बस्दै आएका छन् ।

 

Womui
Womui