कुशको शव बनाएर पूर्वगृहमन्त्री घिमिरेको दाहसंस्कार

104

काठमाडौं, असोज १४-

त्रिशूली नदीमा हराइरहेका पूर्वगृहमन्त्री माधव घिमिरे फेला नपरेपछि आफन्तले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्। ६ दिनदेखि त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री घिमिरेको कुशको शव बनाएर शुक्रबार आमा चैतन्यकुमारीको शवसँगै पशुपति आर्यघाटमा उनका परिवारले अन्त्येष्टि गरेका हुन् । चैतन्यकुमारीको शवलाई घिमिरेका छोरा सुशान्तले दागबत्ती दिएका थिए। उनैले कुशको शवमा पनि दागबत्ती दिए।

घिमिरे चढेको बा९च १५३१ नम्बरको जीप आइतबार त्रिशूली नदीमा खसेको थियो। मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभीरबाट आइतबार त्रिशूलीमा खसेको गाडी अझै बेपत्ता छ। घिमिरेसँगै उनका दुई भाइ पनि बेपत्ता छन्।

पूर्वगृहमन्त्री घिमिरेको अन्त्येष्टिमा गृहमन्त्री विमलेन्द्र निधि, मुख्यसचिव सोमलाल सुवेदी, सुचिवहरू, पूर्वसचिवहरू, आफन्तहरूको उपस्थिति थियो।

Womui
Womui