प्रधानमन्त्री दाहालविरुद्ध बाबुराम भट्टराई धर्नामा

103

काठमाडौं, असोज १४-

babau-with-prachandaप्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले ‘राष्ट्रघात र प्रतिगमनको खतरा’विरुद्ध  शुक्रबार राजधानीमा धर्ना दिएको छ। प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा जारी भएको २५ बुँदे संयुक्त वक्तव्यको विरोध स्वरुप नयाँ शक्ति नेपालले धर्ना दिएको हो ।

उक्त २५ बुँदे सम्झौतामा ७, १०, ११, १२, १३, १४ र २० नम्बर बुँदा आपत्तिजनक रहेको भन्दै नयाँ शक्तिले ११ नम्बरको बुँदाले नेपाललाई भुटानीकरण गरेको आरोप लगाएको छ। साथै नयाँ शक्तिले इलाकालाई नै स्थानीय तह बनाउने तीन दलको सहमति प्रतिगामी भएको ठहर गर्दै तत्काल सच्याउन माग गरेको छ।

चाडबाडका बेला दैनिक उपभोग्य बस्तुहरुको मूल्य आकासिए पनि सरकार रमिते बनेर बसेको आरोपसमेत नयाँ शक्ति नेपालले लगाएको छ।

Womui
Womui