बागेश्वरी र जय मंगलम् सिमेन्टको इजाजत पत्र निलम्बन

79

नेपालगन्ज, असोज १४-

जिल्लाको बागेश्वरी र जय मंगलम् सिमेन्ट उद्योगको इजाजत पत्र निलम्बन भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तहीन सिमेन्ट उत्पादन गरेको भन्दै उद्योग निलम्बन गरेको हो । उद्योगले बजारमा पठाएको सिमेन्टको ल्याब परीक्षण गर्दा आई आइ सरकारले तोकेको मापदण्डभन्दा बढी भएको भन्दै यसअघि सो ब्याचको सिमेन्ट बिक्री वितरणमा रोक लगाइएको थियो ।

बागेश्वरी सिमेन्ट उद्योगले पिपिसी सिमेन्ट ब्रज शक्ति, त्रिशक्ति सुपर र जेविसी ब्रान्डको सिमेन्ट उत्पादन गर्दै अाएको थियो भने मंगलम सिमेन्ट उद्योगको पनि पीपीसी यति, जेएमसिज रक स्ट्रोङ र गौरब ब्रान्डको सिमेन्ट उत्पादन गर्दै अाइरहेको थियव ।

Womui
Womui