कार्यान्वयन गर्न संस्थागत बिद्यालय शिक्षक युनियनको माग

122

नेपालगन्ज, असोज १३-
विगतका सहमती पालना गर्न संस्थागत बिद्यालय शिक्षक युनियन (इस्टु)ले माग गरेको छ । २०६५ भाद्र २४ गते ११ बुदे आन्दोलनरत इस्टु र प्याब्सन, एन प्याब्सन लगायत बीच सहमती भएको थियो । लामो समय भइसक्दा पनि कार्यान्वयनमा नआएकाले बोर्डिङ स्कुलका शिक्षकले बिहीबार दवाव स्वरुप जिल्ला शिक्षा कार्यालय बाँकेमा स्मरणपत्र बुझाएका हुन् ।

युनियन बाँकेका अध्यक्ष बामदेव ओलीले जिल्ला शिक्षा अधिकारी भिमबहादर साउदलाई स्मरणपत्र बुझाएका थिए । प्याब्स तथा एनप्याब्सन लगायतसँग युनियनले गरेको सहमती अनुसार तलब र अन्य सुविधा खुल्नेगरी बिद्यालय व्यवस्थापन समितिले कार्यरत शिक्षक कर्मचारीलाई १५ दिन भित्रमा नियुक्ती पत्र दिने, विना कारण कार्यरत शिक्षक कर्मचारीलाई निस्कासन नगर्ने, शिक्षक मध्यबाट चुनेर पठाएको प्रतिनिधी रहने गरी बिद्यालय व्यवस्थापन समिति गठन गर्ने, शिक्षक कर्मचारीलाई १२ दिन बिरामी बिदा, ६ दिन भैपरी आउने बिदा र ६ दिन पर्व बिदा गरी जम्मा २४ दिन बिदा दिनुका साथै बार्षिक बिदा ४५ दिने लगायत उल्लेख गरिएको थियो ।

संस्थागत बिद्यालयले सहमती कार्यान्वयन गर्नुको साटो शिक्षकलाई विभिन्न सेवा सुविधाबाट बन्चित गरेकाले शिक्षा कार्यालयलाई स्मरणपत्र बुझाइएको अध्यक्ष ओलीले बताए । सहमती कार्यान्वयन नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी उनले दिए ।

Womui
Womui