स्वास्थ्यमन्त्री थापालाई बाँकेमा ५१ किलोको माला

99

नेपालगन्ज, असोज १२-
स्वास्थ्यमन्त्री गगन थापालाई कोहलपुरबासीले ५१ किलोको माला लगाइदिएका छन् । मन्त्री भएपछि पहिलो पटक बाँके आइपुगेका नेपाली काँग्रेसका युवा नेता थापालाई आफ्नो कार्यकालमा नाम अनुसारको काम गरेर देखाउन हौसला दिदै काँग्रेस कोहलपुर नगर कार्यसमितिले माला लगाइदिएर स्वागत गरेको हो । स्वागत ग्रहण गर्दै मन्त्री थापाले मन्त्रीमा रहदाँ वा नरहदाँ जुनसुकै बेला जनताको सेवामा सर्मपित हुने प्रतिवद्धता जनाएका थिए ।

नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले स्वस्थ्यमन्त्री गगन थापालाई लगाइदिएको ५१ किलोको माला ।
नेपाली काँग्रेस कोहलपुर नगर कार्यसमितिले स्वस्थ्यमन्त्री गगन थापालाई लगाइदिएको ५१ किलोको माला ।

‘नाम अनुसारको काम गर्नुहोला भनेर नै मन्त्री गगन थापालाई ५१ किलोको माला लगाइदिएका हौं,’ नेपाल बिद्यार्थी संघ बाँकेका अध्यक्ष पुर्ण आचार्यले भने । नेपालगन्जमा बुधबार बिहान आइपुगेका मन्त्री थापा दिनभर विभिन्न कार्यक्रममा व्यस्त रहे । भेरी अञ्चल अस्पताल र क्यान्सर अस्पताल निरिक्षण, प्रयोगशाला उद्घाटन, मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य समिक्षा गोष्ठी उद्घाटन र कोहलपुरमा रहेको एक स्वास्थ्य चौकी उद्घाटनमा मन्त्री थापा व्यस्त भएका हुन् । क्षेत्रीय प्रयोगशाला उद्घाटन गर्दै मन्त्री थापाले पुरानो ढर्राबाट अब स्वास्थ्य क्षेत्रमा परिवर्तन नआउने भन्दै नयाँ ढंगबाट स्वाथ्य सेवा प्रदान गर्न लाग्नुपर्ने बताए ।

क्यान्सर अस्पताल निरिक्षण गर्दै मन्त्री गगन थापा ।
क्यान्सर अस्पताल निरिक्षण गर्दै मन्त्री गगन थापा ।

स्वास्थ्यको बजेट हिनामिना गर्नु वा खर्च गर्न नसकेर फ्रिज हुनु दुबै अख्तियार दुरुपयोग भएको उनको भनाई थियो । उपलब्ध बजेटको जिम्मेवारीपूर्वक जवाफदेही भएर सदुपयोग गर्नुपर्नेमा मन्त्री थापाले जोड दिए । मध्यपश्चिम क्षेत्र स्तरिय स्वास्थ्य समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले बिरामीलाई कुनैपनि सेवा, सुविधामा कमी हुन नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए । बिरामीको सेवामा सर्मपित हुन उनले सबैलाई आग्रह पनि गरेका थिए ।

बाँकेको खजुरामा निर्माणाधिन अवस्थामा रहेको नेपाल क्यान्सर अस्पतालको निरिक्षण गर्दै थापाले अस्पताल सञ्चालनमा आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको बताए । क्यान्सर अस्पताल सञ्चालन र व्यवस्थापनका लागि सरकारले मोडालिटी समेत तयार गरिसकेको छ । नेपाल सरकारको आर्थिक सहयोग, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको प्राविधिक सहयोमा स्थानीय बासिन्दाले अस्पताल सञ्चालन गर्नेछन् ।

Womui
Womui