सरसफाई निरिक्षण गर्न अफ्रीकन देशका प्रतिनिधी बाँकेमा

123

नेपालगन्ज, असोज १२-
आठ वटा अफ्रिकी राष्ट्र तथा भुटानका गैरसरकारी संस्थाका दर्जन बढी प्रतिनिधीले बाँकेका दुई वटा गाविसको स्थलगत भ्रमण गरेर सबैको लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रमको निरिक्षण गरेका छन् । अफ्रिकी राष्ट्रहरु घाना, युगान्डा, ईथोपिया, केन्या, तान्जानिया, साउथ सुडान, जाम्बिया, मोजाम्बिक र दक्षिण एसियाली देश भुटानमा संचालन गरिएको खुल्ला दिसामुक्त अभियानको सफलतामा चुनौती देखिएपछि नेपालमा भएको सफल अभ्यासबारे सिकाई हासिल गर्न सो टोली नेपालगन्ज आएको हो ।

african-teem

एसएनभी नेपालको अगुवाई आएको उक्त टोलीले खुला दिसामुुक्त भैसकेको बाँकेको सोनपुर र जयसपुरको स्थलगत भ्रमण गरेर त्यहाँको सरसफाई तथा स्वच्छता बारे जानकारी लिनुका साथै समुदाय, गाविसस्तरीय सरसफाई समितिका पदाधिकारी र सर्वसाधारणसंग अन्तरक्रिया गरेको थियो । टोलीले अफ्रिकन देशहरुमा देखिएको चुनौती बारे स्थानीयलाई जानकारी गराउँदै बाँकेमा गरिएको प्रयास र हाल भइरहेको कार्यबारे सोधपुछ गरेको खानेपानी कार्यालय बाँकेले जनाएको छ ।

hastantran

एसएनभी नेपालको आर्थिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको सबैको लागि दिगो सरसफाई तथा स्वच्छता कार्यक्रम निकै प्रभावकारी देखिएको जनाउँदै सोही प्रकारका राम्रा प्रेक्टिसलाई अफ्रिकन राष्ट्र तथा भुटानमा समेत लागु गरिने टोलीमा सहभागीले जनाएका थिए । निकै कम समयमा बाँकेमा सरसफाईको क्षेत्रमा प्राप्त गरेको उपलब्धीका बारेमा सिक्न र आफ्नो देशका समस्याबारे जानकारी गराउन उक्त टोली नेपाल आएको एसएनभी नेपाल बाँकेका एडभाइजर मुन खड्काले जानकारी दिए । अरु समुदायको तुलनामा मधेशी र मुस्लिम समुदायमा शिक्षा कम भएकाले यो कार्य निकै चुनौतीपूर्ण भएपनि सफल भएको बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दीकीले बताए ।

Womui
Womui