‘पाकिस्तानलाई नेपाल र भुटानजस्तो नठानियोस्’

28

काठमाडौं, असोज १२-

parbej aliपाकिस्तानलाई नेपाल र भुटान जस्तो नठान्न पाकिस्तानी पूर्व राष्ट्रपति परवेज अली मुशर्रफले भारतलाई चेतावनी दिएका छन् । भारतीय टेलिभिजन च्यानल आजतकसँग कुराकानी गर्दै मुशर्रफले पाकिस्तान शक्तिशाली देश भएको बताउँदै भनेका छन्, ‘पाकिस्तानलाई नेपाल र भुटानजस्तो सम्झिने गल्ती भारतले नगरोस् ।’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बदनाम गराइरहेको पनि आरोप लगाएका छन् ।  सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको घोषणामा प्रतिक्रिया दिँदै मुशर्रफले भनेका छन्, ‘आफूलाई मन लाग्दा मोदी पाकिस्तानमा आउँछन् । एकातर्फ नवाज शरीफलाई जन्मदिनको शुभकामना दिन आउँछन् अर्कोतर्फ पाकिस्तानलाई दुनियाँभर बदनाम गराउँछन् । जन्मदिनमा बधाइ दिन पुग्नु सधैं काम लाग्दैन ।’ भारत कश्मीर लगायतका खास मुद्दामा कुरै गर्न चाहँदैन भन्दै मुशर्रफले भने, ‘मोदी युद्ध चाहान्छन् । तर, पाकिस्तान पाकिस्तान हो । नेपाल र भुटान होइन ।’ आफूले भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयी र मनमोहन सिंहसँग मिलेर कश्मीर मुद्दा मिलाउन खोजेको मुशर्रफले बताएका छन् । तर, भारतले इच्छा नदेखाएको उनको भनाइ छ ।

मुशर्रफले आजतकसँग कुराकानी गरेको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Womui
Womui