संसद बैठक स्थगित

31

काठमाडौं, असोज १२-

स्थानीय विकास मन्त्री हितराज पाण्डेले मधेसी आयोग विधेयक विचार गरियोस् भनी संसदमा पेश गरेपछि उक्त विधेयकमाथि छलफल स्थगित भएको छ । बुधबारको संसद बैठक कोरम नपुगेर आधाघन्टानको लागि स्थगित भएको हो।विधेयक पेश भएलगत्तै नेमकिपाका डिल्लीराज काफ्लेले कोरम पुग्दैन भनेर आपत्ति जनाएपछि सभामुखले ३ मिनेटको जनाउ घन्टी बजाएर गन्दा १२५ जना मात्र सांसद उपस्थित भएको पाइयो थियो। संविधानको धारा ९४ अनुसार संसद बैठक चल्न कम्तिमा एक चौथाइ अर्थात १४९ जना सांसदको उपस्थिति अनिवार्य हुन्छ। संसदमा ५९५ जना सांसदले प्रतिनिधित्व गर्छन्।

Womui
Womui