गेष्ट हाउसमा ४८ वर्षीया महिलाको शव फेला

33

काठमाडौं, असोज १२-

काठमाडौंस्थित एक गेष्ट हाउसमा ४८ वर्षीया महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा दोलखा वावरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको हत्या गरेको अवस्थामा शव फेला परेको हो। सोमबार विहानदेखि उक्त गेष्ट हाउसमा उनी र एक जना पुरुष बस्दै आएका थिए।

कोठा बुक गरी बसेकोमा थापालाई उनले लगाएको सुरुवालले घाँटीमा कसेर हत्या गरेको अवस्थामा मंगलबार शव फेला पारेको प्रहरीले बतायो। उनीसँगै कोठामा बसेका फरार व्यक्ति छन् । महिलाको के कति कारणले हत्या गरिएको हो सो बारे फरार व्यक्ति खोजतलास भइरहेको र आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Womui
Womui