मधेसी मोर्चालाई संविधान संशोधन प्रस्ताव संसदमा पेस गर्ने प्रधानमन्त्री दाहालको आश्वासन

32

काठमाडौं, असोज ११-

prachanda-and-morcha

संयुक्त मधेसी मोर्चाका नेताहरुलाई संविधान संशोधनको प्रस्ताव संसदमा पेस हुनेमा कुनै शंका उपशंका नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन् । मंगलबार संविधान संशोधनको प्रस्ताव दर्ता मितिबारे बुझ्न बालवाटार पुगेका मोर्चाका नेताहरुसँग सकेसम्म दसैं अगावै संशोधन प्रस्ताव दर्ता गर्ने बताएका हुन् ।
सरकार गठनको दुई महिना पुग्न लाग्दा पनि सहमतिअनुसार संशोधन प्रस्ताव पेश नभएपछि मोर्चाका नेताहरुले शंका गर्नुपर्ने अवस्था आएको बताउँदै उनीहरु प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीसँगको बैठकमा मोर्चाका नेताहरुले मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता लिन किन ढिलाइ गरेको भन्ने प्रश्नको जवाफमा प्रधानमन्त्री दाहालले मुद्दा फिर्ताको प्रक्रिया अन्तिम अवस्थामा पुगेको बताएका थिए । मोर्चाका नेताहरुले संविधान संशोधन नभएसम्म स्थानीय तहको निर्वाचनको प्रक्रिया अगाडि नबढाउन आग्रह गर्दै हाल कायम इलाकालाई आधार मानेर निर्वाचन गर्न नदिने बताएका थिए । मोर्चाका नेतासँगको बैठकपछि प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग सहमति नभएपनि सरकारले संशोधन प्रस्ताव संसद्मा पेश गर्ने बताए। उनले सरकारको ध्यान संशोधन प्रस्ताव पास हुन्छ कि हुँदैन भन्नेतिर नरहेको बताए।

Womui
Womui