अपडेटःक्षमता बढी यात्रु बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुग्यो

30

काठमाडौं, असोज ११-

क्षमता बढी यात्रु बोकेको बस पल्टिएर भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । दुर्घटनामा घाइते मध्ये १३ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ। घाइतेलाई नेपाली सेनाको एमआइ १७ हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। यात्रु बसमा सवार ३१ जना मध्ये १८ जनाको १८ जनाको घटनास्थलमा नै मृत्यु भएको धादिङ प्रहरीले जानकारी दियो। घाइतेमध्ये एक जनाको उपचारको क्रममा शिक्षण अस्पतालमा मृत्यु भएको हो। nmc-college-1000x75-pixel

 

सदरमुकामदेखि धादिङबेसीदेखि उत्तरी धादिङको किन्ताङफेदीतर्फ गइरहेको बा३ख३३१८ नम्बरको बस पल्टिँदा दुर्घटना भएको थियो । बस बिहान ११:३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको थियो।

 

Womui
Womui