पार्टी नेतृत्वले कार्यकर्तालाई काखा र पाखा गर्नु हुदैन : नेपाल

122

नेपालगन्ज, असोज ११-
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको गुटबन्दी अन्त्य भइसकेको बताएका छन् । नेपालगन्जमा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्वोधन गर्दै उनले भने, ‘पार्टीभित्र अब गुटबन्धी छैन, हामीले छलफल गरेर धेरै असमझदारीलाई टुंग्याइसकेका छौं ।’ कतिपय कुरालाई समिक्षा गरी गल्तीलाई सुधार गर्दै जानुपर्ने बताए ।

बाँकेका कार्यकर्तालाई सम्वोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।
बाँकेका कार्यकर्तालाई सम्वोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपाल ।

पार्टी नेतृत्वले कार्यकर्तालाई काखा र पाखा गर्न नहुने पुर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले स्पष्ट पारे । अर्को प्रसंगमा उनले एमाले संविधान संशोधनको विपक्षमा नरहेको जिकिर गरे । संविधान संशोधनका लागि एमालेसँग कुनै परामर्श नगरिएको बताए । उनले अगाडी भने, ‘एमालेले संविधान संशोधन गर्नै हुदैन भन्या पनि छैन, एमालेसँग कुनै परामर्श गरिएको छैन, आउनुप¥यो नि छलफल गर्न, तयार गरिएको कागजमा मात्र सही गर्न एमालेले सक्दैन ।’

एउटा पक्षलाई सन्तुष्ट पार्नका लागि अरुलाई असन्तुष्ट पार्ने काम राजनीतिक दलले गर्न नहुने उनको भनाई छ । ‘राष्ट्रिय हित विपरित कुनैपनि काम गर्नु हुदैन,’ नेपालले भने । अधिकार दिने नाममा राष्ट्रिय हित विपरितको सहमती गर्न नसकिने वरिष्ठ नेता नेपालले बताए ।

Womui
Womui