अपडेटःक्षमता बढी यात्रु बोकेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुग्यो

44

धादिङ, असोज ११-

क्षमता बढी यात्रु बोकेको बस पल्टिएर भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । सदरमुकामदेखि धादिङबेसीदेखि उत्तरी धादिङको किन्ताङफेदीतर्फ गइरहेको बा३ख३३१८ नम्बरको बस पल्टिँदा दुर्घटना भएको थियो । जसमा परी अहिलेसम्म १७ जनाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले जानकारी दिएका छन् । दुर्घटनामा ९ जना गम्भीर घाइते भएका छन् भने उनीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर पुगेको छ। मंगलबार बिहान धादिङबेसीबाट ३१ जना यात्रु बोकी त्यसतर्फ गएको बस बिहान ११:३० बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ।

 

यसैबीच दुर्घटनामा घाइते भएकाको काठमाडौंको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्पतालमा घाइते १४ जनालाई ल्याइएको भए पनि १० जनाको मात्र नाम खुलेको छ । नाम खुलेका घाइतेमा मिलन तामाङ, नोमो लामा, बिकी थापा, धनबहादुर लामा, प्रेम बिके, इश्वर सुवेदी, मनिङ तामाङ, टेकुमाया घले, मातेन तामाङ, छेले तामाङ रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

Womui
Womui