‘नयनराज रावल स्मृती अक्षयकोष’ स्थापना

152

नेपालगन्ज, असोज ११–
लागु औषध दुव्र्यसन रोकथाम तथा न्यूनिकरणका अभियन्ता स्व. नयनराज रावलको सम्झनामा ‘नयन राज रावल स्मृती अक्षयकोष’ स्थापना गरिएको छ । स्व. रावलका बयोवृद्ध पिता तथा धर्मपत्नीको ईच्छा बमोजिम सहकर्मी तथा लागूऔषधविरुद्ध क्रियाशील संघ, संस्थाको अग्रसरतामा उक्त अक्षयकोष स्थापना गरिएको हो ।

nayan-rawal

नेपालगन्ज–१३ भृकुटीनगर निवासी अभियन्ता रावलको ४५ दिन अघि करेन्ट लागेर घरमै निधन भएको थियो । अक्षयकोषबाट मध्यपश्चिमाञ्चल क्षेत्रबाट लागूऔषध दूव्र्यसन रोकथाम तथा न्यूनीकरणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संघ, संस्था मध्येबाट एक जनालाई प्रोत्साहन स्वरुप पुरस्कृत गर्ने र एकजना प्रभावितलाई सहयोग गर्ने गरी हाल अक्षेरेपी एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको पारिवारीक स्रोतले जनाएको छ । उक्त अक्षय कोषको रकम आगामी दिनमा वृद्धि गर्नका लागि सहयोग गर्न आग्रह गरिएको छ ।

‘एभरेष्ट बैंक लिमिटेड नेपालगन्जको खाता नम्वर ०१९००५०१२१२०७९ रकम जम्मा गरिदिन समस्त शुभचिन्तक, आफन्त, ईष्टमित्रहरुमा हार्दिक अपिल समेत गर्दछौं,’ परिवारले विज्ञप्तीमा उल्लेख गरेका छन् । विगतका बषमा नेपालगन्जमा आयोजना गरिदैं आएको स्व. नयनराज रावलका कान्छो भाईको स्मृतिमा स्व. डा. मनोज रावल स्मृति अन्तर बिद्यालयस्तरीय ब्याडमिन्टन प्रतियोगिता यस बर्षका लागि स्थगित गरिएको र आगामी वर्ष पुनः निरन्तर सञ्चालन गर्ने परिवारले जनाएका छन् ।

Womui
Womui