भेरी डिस्टिलरीका कारण किसान मर्कामा

142

नेपालगन्ज, असोज ११–
नेपालगन्जस्थित बसुदेवपुरमा सञ्चालित भेरी डिस्टिलरीका कारण स्थानीय किसानहरु मर्कामा परेका छन् । डिस्टिलरीबाट उडेर आउने कालो खरानीले किसानले लगाएको तरकारी खेतीमा बर्षेनी नोक्सानी पु¥याउँदै आएपछि किसानहरु मर्कामा परेका हुन् । डिस्टिलरीबाट निस्केको फोहर तथा धुवाँ ३ किलोमिटर वरपरसम्म पुग्ने भएकाले आजित भइसकेको किसानहरु बताउँछन् । डिस्टिलरीको नजिकै रहेको बसुदेवपुर जानकीटोलका किसानहरु सबैभन्दा बढी मारमा छन् ।

नेपागन्जको बसुदेवपुरमा सञ्चालित भेरी डिस्टिलरी । तस्बिर सौजन्य : खगेन्द्र दाहाल
नेपागन्जको बसुदेवपुरमा सञ्चालित भेरी डिस्टिलरी । तस्बिर सौजन्य : खगेन्द्र दाहाल

जानकीटोलमा रहेको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष गोपी यादबका अनुसार टमाटर, गोभी, साग, भिण्डी, लौका, फर्सी लगायतका तरकारीमा बढी नोक्सान पुगेको छ । तरकारी खेतीबाट मनग्य आम्दानी गरी घर खर्च जुटाउने गरेका उनलाई डिस्टिलरीका कारण बर्षेनी तरकारी खेतीमा नोक्सानी पुग्न थालेपछि चिन्तित बनाएको छ । जानकी टोलका अर्का किसान हर्कबहादुर खत्रीले गत बर्ष हिउँदमा लगाएको तरकारी डिस्टिलरीका कारण नोक्सानी बेहोर्नपरेको बताए । उनले भने, ‘डिस्टिलरीबाट कालो किसिमको खरानी उडेर तरकारीमा दाग बसाउने गरेकाले उत्पादित तरकारी कसैले खरिद नगरिदिँदा पशुलाई खुवाउन बाध्य भएका छौं ।” कालो धुवाँ र खरानीका कारण कतिपय किसानहरुको आँखामा समेत समस्या देखिएको छ । आँखामा समस्या देखिएपछि दुई जना किसानले अप्रेशन समेत गराएका छन् ।

Womui
Womui