डा. केसीको नवौं अनशन सुरु

51

काठमाडौं, असोज ११–
वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी नवौं अनशन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जका चिकित्सक केसीले राखेका माग सम्बोधन प्रक्रियामा केही प्रगती भएपनि संवैधानिक निकायबाट भएका हस्तक्षेप र अनियमितता विषयमा संसद मौन बसेको भन्दै केसी अनशनमा बसेका हुन् ।

Govinda-KC

अघिल्लो सोमबार पत्रकार सम्मेलन गरेर केसीले साताभित्र संसदले सुधारका प्रक्रिया नथाले अनशन बस्ने चेतावनी दिएका थिए । चेतावनी दिएको आठौं दिन सोमबार ४ बजेदेखि केसी अनशनमा बसेका हुन् । यसको एक घन्टाअघि उनले पत्रकार सम्मेलन गरी नवौं अनशन बस्नुको कारण बताएका थिए । केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउन माग गरेका छन् । ‘मूल नै धमिलो रहेसम्म मेडिकल शिक्षा र स्वास्थ्यलगायत क्षेत्रमा व्याप्त भ्रष्टाचार र अराजकता अन्त्य हुनसक्दैन,’ केसीले भने ।

उनले सरकारसँग भएका सहमति समेटेर चिकित्सा शिक्षा ऐन यही संसद अधिवेशनबाट पारित गर्नुपर्ने, मेडिकल शिक्षाको शुल्क केदारभक्त माथेमा कार्यदलले सिफारिस गरेबमोजिम हुनुपर्ने मागसमेत राखेका छन् । केसीकै दबाबपछि सरकारले आइतबार संसदमा चिकित्सा शिक्षा विधयेक पेस गरेको थियो । संसदले उक्त विधेयकलाई छलफलमा ल्याउन स्वीकृति दिएको छ ।

Womui
Womui