१४ वर्षीया बालिका बलात्कार अारोपमा ६२ वर्षीया वृद्ध पक्राउ

45

पोखरा, असोज ८-

आफ्नै घरमा काम गर्दै आएकी १४ वर्षीय भारतीय बालिकालाई डरधम्की दिई यौन शोषण गरेको आरोपमा प्रहरीले पोखरा शीतलादेवी बस्ने ६२ वर्षीय बीरबहादुर विकलाई पक्राउ गरेको छ । बाल श्रम न्यूनीकरण कार्यक्रमले जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय र नगरपालिकाको महिला तथा बालबालिका शाखा र जिल्ला प्रहरी कार्यालयलाई उक्त लिखित जानकारी पठाएपछि उनको उद्धार गरिएको प्रहरीले जनाएको छ । ती बालिका बालबालिका सम्पर्क केन्द्रमा पुगेको बेलामा आफू यौन शोषणमा परेको बताएपछि घटना बाहिर आएको हो ।

यौन शोषण बारे महिला, बालबालिका कार्यालय कास्कीले अनुसन्धान गरेर कार्वाहीका लागि जिल्ला अदालत कास्कीमा सिफारिश गरेको हो । अनुसन्धानका क्रममा लिइएको बयानमा वालिकाले आफूमाथि पीडक विकले पटक/पटक यौन शोषण गरेको बताएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रममा पीडित बालिकाले आफू माथि यौन शोषण भएको लिखित रुपमै जानकारी गराएपछि बुधबार उनको उद्धार गरिएको थियो । बालिकाले सुरु सुरुमा विकले खुट्टा माड्न लगाउने गरेको, पछि सम्वेदनशील अंगमा छुने र रातिसँगै लिएर सुतेको लिखित रुपमै जानकारी गराएकी छन् । सुत्दा पटक-पटक विकले आफूसँग यौन सम्पर्क गरेको समेत उनको दाबी छ । यो कुरा कसैलाई भने मारिदिन्छु भनेर विकले धम्क्याउने गरेको पीडित बालिकाले उद्धार टोलीसँग बताएकी थिइन् । बालिकालाई माटेपानीको बालबालिका केन्द्रमा पढ्नको लागि पठाउन भन्दा पनि विकले लामो समय पठाएका थिएनन् ।

 

Womui
Womui