बलात्कार आरोपमा प्रहरी पक्राउ

49

धनगढी, असोज ८-

बलात्कार गरेको आरोपमा एक प्रहरी पक्राउ परेका छन् ।  मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा  सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले निज फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको बताए । स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखिएपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।

Womui
Womui