यतिको विमान दुर्घटनाग्रस्त, सबै यात्रु सकुसल

37

भैरहवा, असोज ८–
यति एयरलाइन्सको विमान भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा शनिबार अपराह्न दुर्घटनामा परेको छ । विमानमा सबार सवै सकुशल रहेका छन् ।

yati-air

काठमाडौंबाट भैरहवाका लागि अपरान्ह ४ः१५ मा उडेको ९एन एआइडी कल साइन भएको जहाज अवतरणका क्रममा धावनमार्गबाट घुम्ने क्रममा दुर्घटनामा परेको हो । विमान धावनमार्गको १५० मिटर दक्षिणतर्फ पुगेको छ । जम्मा १९ जना यात्रु र तीन चालकदलका सदस्य रहेको विमानमा मानवीय क्षति भने भएको छैन। केही यात्रु सामान्य घाइते भएका छन् ।

yati-air-2

स्रोत : नागरिकन्यूज

Womui
Womui