स्कार्पियो दुर्घटनामा दुईको मृत्यु

29

बुटवल, असोज ८-

पाल्पाको चर्चरेमा तम्घाँसबाट बुटवल आउँदै गरेकाे बा १४च९३६४ नम्बरको स्कार्पियो गाडी सडकबाट करिब दुई सय मिटर तल खस्दा दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मी तम्घास निवासी रेसुङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापक ४७ वर्षीय कृष्ण भण्डारी र निर्माण व्यवसायी ५५ वर्षीय रामप्रसाद पन्थ छन्। गम्भीर घाइते भएका गाडी चालक देवी पन्थीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ।

Womui
Womui