सीमामा गलत क्रियाकलाप नियन्त्रण गर्न नेपाल र भारतीय प्रहरी एकजुट

44

भैरहवा, असोज ७-

सीमा क्षेत्रमा भइरहेको गलत क्रियाकलाप नियन्त्रण गर्न  नेपाल प्रहरी र भारतीय प्रहरीले मिलेर काम गर्ने प्रतिबद्धता जनाएको छन् । हिन्दू धर्मावलम्बीको महान चाड दसैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा अत्यधिक मात्रा हुने ठगी र दुव्‍र्यवहारजन्य घटना हुन नदिने नेपाल प्रहरी र भारतीय प्रहरीले प्रतिवद्धता जनाएका हुन् ।

चाडपर्वको बेला भारतबाट नेपाल आउने नेपाली नागरिकहरु भारतीय सिमावर्ती क्षेत्रमा लुटिने र ठगिने गरेका छन् । दसैं नजिकिँदै गर्दा त्यस्ता क्रियाकलाप रोक्ने उद्देश्यले रुपन्देही प्रहरीले भैरहवाको सिमाना बेलहियामा भारतीय प्रहरी अधिकारीहरुलाई समेत राखेर बैठक आयोजना गरेको थियो ।

बैठकमा नेपाल-भारत मैत्री समाजका अध्यक्ष शान्तकुमार शर्माले भारतबाट दसैं मनाउनका आफ्नो देश आउने क्रममा रिक्सा चालकहरुले चर्को भाडा लिने, भारतीय प्रहरी र भारतीय भन्सारले रकम असुल्ने जस्ता घटना यसपटक हुन नदिन बैठकमा आग्रह गरेका थिए ।

कार्यक्रममा भारतीय सिमावर्ती सुनौली चौकी प्रमुख प्रहरी नायव निरीक्षक राजप्रकाश सिंहले विगतमा भारतीय प्रहरीले अनावश्यक रुपमा अतिरिक्त रकम लिने जस्ता घटनाहरु भएकामा यसपटक हुन नदिने प्रतिवद्धता जनाए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डिएसपी) बेलबहादुर पाण्डेले बेलहियामा राखिने हेल्प डेस्कमा सिमावर्ती क्षेत्रमा सर्वसाधारणले पाएको दुःख लिखित दस्तावेजको रुपमा राखिने र त्यसअनुसार आवश्यक कारवाही अघि बढाउने बताए । दुवै देशका सुरक्षाकर्मीहरुले सूचना आदानप्रदान गरेर चाडपर्व हर्षोल्लासका साथ सम्पन्न गराउन सुरक्षाकर्मीहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता रहेको बताए ।

Womui
Womui