किम जोङबाट हमला भए उनको हत्या गर्न टोली तयार छः दक्षिण कोरिया

52

एजेन्सी, असोज ७-

main-kim-jong-un-missiles

उत्तर कोरियाली राष्ट्रपति किम जोङबाट कुनै किसिमको हमला भए उनको हत्या गर्न आफ्नो टोली तयार रहेको दक्षिण कोरियाले बताएको छ। यदि उत्तर कोरियाली परमाणु हतियारबाट कुनै त्रास वा भयको संकेत भए किम जोङ उनको हत्याका लागि टोली तयारी हालतमा राखेको दक्षिण कोरियाका रक्षामन्त्रीले जनाएका छन्।

अन्तर्राष्ट्रिय समाचारमाध्यममा उल्लेख भएअनुसार संसदमा बुधबार उत्तर कोरियाली नेता किमलाई हटाउन कुनै विशेष टोली छ भनेर सोध्दा रक्षामन्त्री हान मिन कूले भने, ‘हो, हामीसँग यस्तो योजना छ’, भनेका थिए।उनले भने, ‘दक्षिण कोरियासँग दुस्मनको मुख्य क्षेत्रमा रहेका कारखानाका साथै दुस्मनको नेतालाई हटाउने हाम्रो योजना छ।’ उत्तर कोरियाले लगातार परमाणु हतियारहरु परीक्षण गरिरहँदा विश्वभरीबाट यसको आलोचना भइरहेको छ। उत्तर कोरियाको परमाणु हतियार बनाउने क्षेत्र तथा नेता हटाउने योजना एकदमै खराब परिस्थतिका लागि मात्रै भएको पनि रक्षामन्त्रीले जनाएका छन्। उनले उत्तर कोरियाले चाँडै छैठौँ परमाणु परीक्षण पनि गर्ने अनुमान गरेका छन्।

Womui
Womui