नेपाली प्रहरी केही घन्टा भारतीय एसएसबीको नियन्त्रणमा

58

विरगन्ज, असोज ५-

रक्सौलबाट वीरगन्ज तर्फ मोटरसाइकलमा आइरहेका पर्साको अमरपटी चौकीमा कार्यरत दुई नेपाली प्रहरीलाई भारतीय सशस्त्र सीमा बल एसएसबीले मंगलबार साँझ नियन्त्रणमा लिएर साेही राति छोडेकाे छ । चेकजाँचको क्रममा मोटरसाइकलबाट लागूपदार्थ जस्तो देखिने समान बरामद भएपछि अमरपटी चौकीका इन्चार्ज सहायक निरीक्षक प्रमोद प्रसाद साह र हवल्दार जयसी लाल प्रसादलाई एसएसबीले नियन्त्रमा लिएको थियो । बरामद बस्तु नकली भएकाले उनीहरुलाई राति नै छाडिएको एसएसबी पन्टोका पोष्ट इन्चार्ज दीपक कुमार यादवले बताए । पक्राउ परेका प्रहरी सहायक नीरीक्षक प्रमोद प्रसाद साहले कारोबारी रामेश्वर प्रसादले तस्करीको समान बरामद गरी कारबाही गरेकोले नेपाल प्रहरीलाई टिभी उपहार दिने बहानामा रक्सौल बोलाएको बताए। ‘यो सबै फसाउने षडयन्त्र रहेछ,’ एसएसबी दीपककुमारले भने, उहाँहरूलाई हामीले नेपाल पठाइसकेका छौ।’

Womui
Womui