अन्तर्राष्ट्रिय शान्ति दिवस भव्यतासाथ मनाइँदै

42

नेपालगन्ज, असोज ५-

दिगो शान्तिः राष्ट्र विकासको आधार भन्ने नारासाथ आज अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइँदैछ ।

world peace dayशान्ति दिवसको अवसरमा शान्ति तथा पुनर्निर्माण मन्त्रालय लगायतका सरकारी निकाय तथा गैरसरकारी संघसंस्थाहरुले देशभर विविध कार्यक्रमको आयोजना गर्दै दिवस मनाइरहेका छन् ।

विगतमा  देशमा भएको १०  वर्षे सशस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत सुरुवात भएपछि त्यसको खुसीयालीमा नेपालमा यो दिवस २०६५ सालदेखि मनाउन थालिएको हो भने संयुक्त राष्ट्रसंघको आहृवानमा हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा यो दिवस मनाउने गरिएको छ । राष्ट्रसंघको ५५ औँ वार्षिक साधारणसभाले प्रस्ताव पारित गरी संसारका सबै देश र जनतामा शान्तिको कामना सहित आजको दिनलाई अन्तर्राष्ट्रिय शान्ति दिवसको रुपमा मनाउने घोषणा  गरेको थियो ।

Womui
Womui