माछा मार्न जाँदा डुबेर मृत्यु

56

जुम्ला, असोज ५-

जिल्लाको तिलानदीमा माछा मार्न गएका एक व्यक्तिको डुबेर  मृत्यु भएको छ । माछा मार्ने क्रममा चन्दननाथ नगरपालिका-५ सिङ्गाचौरका ४३ वर्षीय मुनवीर सार्कीको नदीमा डुबेर मृत्यु भएको हो । मृतक सार्कीसँगै तीन जना कुँडारीमा रहेको त्रिवेणीस्थित तिलानदीमा माछा मार्न गएका थिए । सार्कीलाई नदीले डुबाएर पाँचकिलाेमितर तल रारालिही पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक विष्णुगुरु काफ्लेले बताए ।

Womui
Womui