पश्चिमेलीको गौरव ‘ऐना’

105

नेपालगन्ज, असोज ५
ram lal joshiदेशका विकसित सहरमा बसाइँ भएकाको काम गर्ने तुलनामा ‘दूरदराजको गाउँ’मा बस्नेको हुँदैन् भन्ने मानसिकता बोकेको सोचलाई धमिल्याउँदै देशको दूरदराजमै जन्मेर यही परिवेशलाई कर्म थलाे बनाउँदै अाएका रामलाल जोशीको कथा संग्रहले मदन पुरस्कार प्राप्त गरेको छ ।  मदन पुरस्कार गुठीले आयोजना गर्दै आएको मदन पुरस्कारमा जोशीको ‘ऐेना’ कथा संग्रहले २०७२ सालको मदन पुरस्कारमा धाक जमाएपछि यहाँका साहित्य प्रेमीलाई थप प्रेरणा त मिलेकै छ भने दूरदराजमा पनि विकसित सहरसरह सक्षम व्यक्तित्व हुँदा रहेछन् भनि प्रमाणित गरेको छ । विकसित सहर वा राजधानीमै बसाइँ भएका मात्रै योग्य र दक्ष हुन्छन् भन्ने आम मानसिकता भएकाको सोच रामलाल जोशीको कथा संग्रह ‘ऐना’ले मदन पुरस्कारमा कब्जा जमाएपछि धमिल्याएको छ साथै यस क्षेत्रका साहित्यकारलाई पनि प्रेरणा मिलेको छ । मोफसलमा बसेर लेखिएको कथा सङ्ग्रहले मदन पुरस्कारमा धाक जमाएपछि पश्चिमेली श्रष्टा र लेखकमा प्रेरणा र थप हौसला थपिएको हो।

मोफसलमा साहित्य लेखिँदैन भन्नेहरूलाई गतिलो जवाफ दिएको बताउँदै प्राज्ञ सभा सदस्य वासुदेव पाण्डयले भने, ‘अब मोफसलमा साहित्य लेखिँदैन होइन कि मोफलसमा अझै वास्तविक घटनामा आधारित साहित्य लेख्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’ उनले ऐनाले पाएको मदन पुरस्कारले पश्चिमेली श्रष्टा र लेखकलाई हौसला थपिएको बताए । लेखन जस्तो विषय व्यक्तिगत शिल्प विधाका कुरा भएको बताउँदै उनले भने , ‘गतिलो कृति निकाल्न प्रतिभामा भर पर्छ । अर्को कुरा आञ्चलिकता बाहिर प्रकाशित गर्न पनि हिम्मत चाहिन्छ । केही कुरा समाजमा भएका घटनालाई प्रकाशित गर्ने कला र हिम्मत भएर नै ऐनामा रामलालले नेपाली साहित्यलाई त्यो दिनुभएको छ ।’
राजधानीमै गएर लेखिएको र पहुँचका आधारमा मात्रै पुरस्कार पाइन्छ भन्ने धारणामा परिवर्तन भएको सुदूरपश्चिमको कला संस्कृतिका क्षेत्रमा विद्यावारिधि गरेका साहित्यविद् डाक्टर बद्री बिनाडीले भने, ‘अहिलेसम्म काठमाडौंमै बसेकाले मात्रै पुरस्कार पाउँछन् भन्ने मानसिकता भंग भइसकेको छ । यो पुरस्कारले नव पुस्तालाई ऊर्जा प्रदान त गरेकै छ, त्यो सँगै साहित्यका लागि राजधानी छिर्नुपर्छ भन्ने मानसिकतालाई त्यागेर अब सुदूरपश्चिममै बसेर केही गर्न सकिन्छ भन्ने भावना झाँगिदै जानेछ ।’ उनले यो पुरस्कारले पश्चिमेली श्रष्टामा उत्साह थपिएको बताए ।
मदन पुरस्कारलगायतका राष्ट्रिय पुरस्कार राजधानी केन्द्रित र पहुँचमा भएका मान्छेका काबुमा विगतमा भए पनि यतिबेला ऐनाले त्यो रेकर्ड तोडेको मध्यपश्चिमाञ्चल गजल मञ्च अध्यक्ष खगेन्द्र अधिकारी ‘अमृत’ ले बताए । उनले भने, ‘अबका दिनमा नेपालका दूरदराजका गाउँमा बस्ने साहित्यकारले पनि बुझ्नु पर्छ, मदन पुरस्कार जस्ता पुरस्कार आफ्नै जन्मथलो वा दूरदराजमा बसेर स्तरीय रचना गर्न सक्यो भने गाउँमै आइपुग्छन् ।’ ऐनाले पाएको पुरस्कारले दूरदराजमा रहेका पर्दा पछाडि परेका साहित्यकारहरू प्रस्फुटन हुने र पश्चिमेली श्रष्टामा हौसला जागेको उनले बताए ।

Womui
Womui